28 Mar 2024, Thursday

2079-01-27 स्नताक तह बि.इ. को पून: प्रवेश परिक्षाको फारम भर्ने सूचना

आवेदकको न्यूनतम शैक्षिक योग्यताः 

  • ~आवेदकले विज्ञान बिषय लिइ (10+2) वा इन्जिनियरिङ्गमा डिप्लोमा तह वा ए लेभल वा अन्य बोर्डबाट प्रवीणता प्रमाणपत्र तहमा न्यूनतम ४५ प्रतिशत तथा फिजिक्स्, केमेष्ट्री र म्याथ (पीसीएम्) मा न्यूनतम ५० प्रतिशत ल्याई उतीर्ण भएको हुनु पर्नेछ । 

वा

  • ~ लेटर ग्रेडिङ्गको हकमा आवेदकले विज्ञान बिषय लिई (१०+२) वा इन्जिनियरिङ्गमा डिप्लोमा तह वा ए लेभल वा अन्य बोर्डबाट प्रवीणता प्रमाणपत्र तहमा न्यूनतम 2.0 CGPA ल्याई फिजिक्स्, केमेष्ट्री र म्याथ (पीसीएम्) मा न्यूनतम C+ ग्रेड तथा अन्य बिषयहरुमा C ग्रेड ल्याई उत्तीर्ण गरेको हुनुपर्नेछ ।
  • ~ (10+2) वा प्रवीणता प्रमाण पत्र तहमा बायोलोजी लिने विद्यार्थीले थप म्याथ बिषय लिइ पीसीएम्मा न्यूनतम ५० प्रतिशत वा (C+) तथा अन्य विषयमा न्यूनतम ४५ प्रतिशत वा C ग्रेड ल्याई उत्तीर्ण भएको हुनुपर्नेछ ।

पूनश्चः

  • (10+2) वा प्रवीणता प्रमाण पत्र तहमा कम्तीमा २०० अंकको गणित बिषय नलिएका आवेदकको आवेदन रद्द हुनेछ र फारम शुल्क फिर्ता हुने छैन ।
  • यस पून: प्रवेश परिक्षामा आरक्षण कोटा हुने छैन, सम्पूर्ण सिट खुल्ला कोटामा गणना गरिनेछ । साथै यस पून: प्रवेशपरिक्षाको  नतिजाका आधारमा प्रथम सेमेष्टरमा Merit Based Scholarship प्रदान गरिने छैन ।